कञ्चनपुर उद्योग वाणिज्य संघ
कञ्चनपुर उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघको नामाकरण हुन भन्दा पूर्व यस जिल्लाका उद्यमी व्यवसायीहरुले २०२५ सालमा महेन्द्रनगर व्यापार संघ र त्यस पछि महाकाली उद्योग वाणिज्य संघ नामवाट संघवाट संघ स्थापना गरिएको थियो । त्यस पछि वि.स. २०३९ सालमा महाकाली उद्योग वाणिज्य संघको नाम परिवर्तन गरी कञ्चनपुर उद्योग वाणिज्य संघको नाम नामाकरण गरी तदर्थ समिति गठन भयो र सोही साल माघ १४ गते विधिवत रुपमा जिल्ला प्रशासन कर्यालयमा संस्था दर्ता ऐन अन्तरगत कञ्चनपुर उद्योग वाणिज्य संघ दर्ता भएको थियो । सोही बर्ष संघको कार्यकारिणी समितिको निर्वाचन भई प्रथम कार्य समिति गठन भएको थियो ।






